×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु !

LAXMI SUNRISE BANK

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु !

९ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

धरान। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेमा सप्तरीका ७० वर्षीय पुरुष र मोरङका ५५ वर्षीय पुरुष रहेका छन् ।

प्रतिष्ठानबाट प्राप्त भएको जानकारी अनुसार सप्तरीको राजविराज ३ का पुरुषलाई ज्वरो, खोकी श्वासप्रश्वाशमा कठिनाइ र निमोनियाको लक्षण देखिनुका साथै कोरोना संक्रमण पुष्टि भएपछि गजेन्द्र नारायणपिसंह अस्पताल राजविराजले रिफर गरेको थियो ।

गत २५ गते संक्रमण पुष्टि भएका उनमा अन्य दीर्घरोग बारे जानकारी नरहेको अस्पतालले जनाएको छ । उनको बिहीबार राति ११ बजे निधन भएको हो ।

यता, मोरङ कानेपोखरी १ का संक्रमितको पनि बिहीबार साँझ ८ः३० बजे निधन भएको थियो । विगतमा आन्द्राको क्यान्सर भएका उनको अन्य भागमा पनि क्यान्सर फैलिसकेको अवस्था थियो । उनको अपरेशन पश्चात उपचार भइरहेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी