
- अर्थ सरोकार सम्बाददाता
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको २ चिकित्सकसहित १२ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण पुष्टी हुनेमा बीपी प्रतिष्ठानका दुई डाक्टर, एक स्टाफ नर्स, एक हेल्पर एक प्लम्बर रहेका छन् भने धरान उपमहानगरपालिकाका ३ जना रहेका छन्।
संक्रमितमध्ये एक डाक्टर र हेल्पर कोडिभ अस्पतालमा कार्यरत रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । यस्तै, बीपी प्रतिष्ठानको सर्जरी वार्डमा रहेका बिरामीको कन्ट्रयाक ट्रेसिङ गर्दा ३६ वर्षीय पुरुष र ४६, २३ वर्षीया दुई महिलामा कोरोना पुष्टि भएको हो ।
धरान १९ की २१ वर्षीया एक महिलामा पनि कोरानो पुष्टि भएको छ । धरान १६ का ७८ वर्षय र ७० वर्षीय वृद्ध दम्पत्तिमा पनि संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले बताए । धरान १५ की ५४ वर्षीया महिलाको पनि रिपोर्ट पोजिटिभ आएको उनले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्