×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आजका टप १० समाचार : सिभिल र बोओकेका काण्डदेखि ऋद्धिसिद्धिको बदमासीसम्म… (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आजका टप १० समाचार : सिभिल र बोओकेका काण्डदेखि ऋद्धिसिद्धिको बदमासीसम्म… (भिडियो)

४ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

१ – सूचना चुहाएर सेयर बजारमा चरम चलेखेल गरेको आशंकामा सिभिल बैंकलाई नेप्सेले सोध्यो स्पष्टिकरण 
नेप्सेमा नआइ मर्जरको जानकारी संचारमाध्यममा कसरी पुग्यो ? भन्दै लिखित जवाफ माग 
सोमबारको कारोबार खुल्नु अघि नै लिखित जवाफ पठाउन बैंकलाई निर्देशन
सिभिलको कारोबारमा पोजेटिभ सर्किट लागेपछि तातेको नेप्सेले भन्यो, ‘के कसो भएको हो, लिखित धारणा पठाउनू’
२ -ऋद्धिसिद्धि सिमेन्टले गैरकानुनी ढंगले राष्ट्रिय वन अतिक्रमण गरेको पुष्टी
राष्ट्रिय सम्पत्ति सखाप पारेको प्रमाणित भएपछी सिमेन्ट उद्योगविरुद्ध डिभिजन वन कार्यालय राप्तीद्वारा मुद्धा दायर
मकवानपुरको रक्सिराङ गाउँपालिकामा रहेको सिमेन्ट उद्योगले गैरकानुनी रुपमा राष्ट्रिय वन क्षेत्रमा डोजर चलाएर ३ सयभन्दा बढी बोट बिरुवा नष्ट गरेको पुष्टी
जिल्ला अदालत मकवानपुरद्वारा उद्योगका प्रबन्ध निर्देशक र संचालकहरुलाई पक्राउ पूर्जी जारी
प्रबन्धक भने फरार भएको अभियोग पत्रमा उल्लेख
३११ वटा बोट-विरुवा नष्ट गरेको अभियोगमा ४ लाख ६६ हजार २ सय ८६ रुपैयाँ ५० पैसा विगो दाबी माग
३ – बैंक अफ काठमाडौँभित्रको किचलो एकपछी अर्को गर्दै बाहिरिंदै
श्रम अदालतमा कर्मचारीले हालेको मुद्धा बैंक अफ काठमाण्डूले हारेको खुलासा
बैंकका सीइओविरुद्ध कानुन विभागका सुदीप पौडेलले श्रम अदालतमा हालेको मुद्धामा श्रम अदालतद्वारा बैंकलाई दोषी ठहर, फैसला कार्यान्वयन गर्न पटक पटक ताकेता
४ – मनलाग्दी ढंगले कार्यकर्ता र पछ्यौटेहरुलाई तक्मा वितरण गरेको भन्दै सरकारको चौतर्फी आलोचना
राष्ट्रिय वन सखाप पारेको मुद्धा खेपिरहेको ऋद्धिसिद्धि सिमेन्टका मालिकले पनि पाए प्रबल जनसेवा श्री चतुर्थबाट विभूशण
योगदानमा आधारित रहेर भन्दा पनि पहुँचका आधारमा सरकारी ढुकुटी मासेर पदकहरु दिन थालिएको भन्दै चौतर्फी विरोध
एनआइसी एशिया बैंकका अध्यक्षले पनि पाए सरकारी पदक
५ -नक्कली सर्टिफिकेटको छानविन नहुँदै रिलायबलबाट बाहिरिए डेपुटी सिईओ अगम मुखिया
सानिमा लाइफको सीइओ बन्नका लागि मुखियाले रिलायबल नेपाल लाईफ छाडेको चर्चा
उनको सर्टिफिकेटमाथि प्रश्न उठाउँदै रिलायबलकै एक उच्च तहका कर्मचारीले अखित्यारमा दिए उजुरी 
आफुमाथि लागेको आरोपको खण्डनसमेत नगरी कम्पनीबाट बाहिरिनु रहस्यमय हुँदा पनि सर्टिफिकेटको छानविन नहुनुले बीमा समितिको नियतमाथि नै प्रश्न उठाएको जानकारहरुको तर्क
६ . गनरल इन्स्योरेन्स कम्पनीले कोरोना बिमितहरुको दाबी भुक्तानी महिनौंसम्म पनि दिएन 
रिपोर्ट आएर, आइसोलेसनमा बसेर, निको भएर, काममा फर्केर, काम गरेको एक महिनाको तलव आउँदा पनि दाबी भुक्तानी आएन
विभिन्न संघहरुले संस्थागत रुपमा गरेको बीमामा भुक्तानीमा झन् समस्या 
चाहिने-नचाहिने डकुमेन्ट मागेर, बहानाबाजी गरिएको भन्दै बिमितहरु रुष्ट 
७ – जगरिखाने वर्गका नागरिकहरुलाई कोरोनाभन्दा पनि भोकले पिरोल्न थाल्यो 
कोरोनाको डरले नेपाल फर्किएका सुदूरपश्चिमेलीहरु फेरी भारत फर्कन थाले 
नेपाल भित्रने भन्दा भारततर्फ बाहिरनेको संख्या दोब्बरभन्दा बढी 
मन भारी बनाएर भारत हानिएकाहरु भन्छन्, ‘सरकारले केहि गर्लाकि भनेर फर्किएका थियौं, सोचेझैं हाम्रो सरकार रैनछ’
८ पर्यटकीय नगरी पोखरा स्थित फेवातालमा लामो समय पछि डुंगा सञ्चालनमा 
सरकारले असोज १ गतेबाट नै डुंगा सञ्चालनको अनुमति दिइएपनि मर्मत सम्भारको काम बाँकी रहेकाले असोज २ गतेबाट सञ्चालनमा आएको फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीको भनाइ
डुङ्गामा सवार गर्दा अनिवार्य मास्क लगाउनुपर्ने, सेनिटाइजरको प्रयोग गर्नुपर्ने, लाइनमा बस्दा भौतिक दुरी कायम गर्नुपर्ने लगायतको मापदण्ड तयार पारिएको भनाइ
९ -साताको कारोबारको अन्तिम दिन आइतबार सुनको मूल्य स्थिर
प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार 
चाँदीको मूल्य भने घट्यो 
प्रतितोला १५ रुपैयाँले घटेर एक हजार ३ सय १५ रुपैयाँमा कारोबार
१०. अचाक्ली भाउ बढेपछी जताततै प्याजै प्याजको चर्चा नेपालमा करिब ४ लाख मेट्रिकटन वार्षिक खपत हुने गरेको प्याजमद्ये नेपालको उत्पादन ३ लाख मेट्रिकटन रहेको जानकारहरुको तर्क
बजारमा प्याज नभएर भन्दा पनि कृतिम मूल्यवृद्धि गरिएको विज्ञहरुको दाबी
१० -साताको कारोबारको पहिलो दिन आइतबार बढ्यो सेयर बजार 
३ अंकको झिनो बढोत्तरीसँगै १५७५.१८ बिन्दुमा पुग्यो नेप्से परिसूचक 
१ सय ८८ कम्पनीको ९२ लाख २३ हजार ७१२ कित्ता सेयर खरिद बिक्री
२ अर्व ७४ करोडमाथिको कारोबार
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: