
बुटवल । उद्योग व्यापार संगठन रुपन्देहीले अब गरिने निषेधाज्ञा र लकडाउन अवज्ञा गर्ने चेतावनी दिएको छ । संगठनले विज्ञप्ति निकालेर अब हुने लकडाउन र निषेधाज्ञा अवज्ञा गर्ने चेतावनी दिएको हो ।लकडाउन र निषेधाज्ञा लम्ब्याइरहँदा व्यवसाय पूर्णरुपमा बन्द गर्नुपर्ने अवस्थामा पुगेको तर सरकारले उद्योगी–व्यवसायीलाई कुनै पनि करमा छुट नदिएकाले अब गरिने लकडाउन वा निषेधाज्ञा अवज्ञा गरिने संगठनका अध्यक्ष नारायणप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा थप लेखिएको छ, ‘भदौ २१ गतेदेखि नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको निर्देशिका पालना गरी उद्योग, व्यवसाय सञ्चालन गर्न दिनुपर्ने विषयमा नगरपालिका र जिल्ला प्रशासनसँग सहमतिको प्रयास गर्छौं र नमानेको खण्डमा उद्योग–व्यवसाय सञ्चालन गर्न सूचना जारी गर्छौं ।’ संगठनमा भैरहवामा २५ सय र जिल्लाभर ५ हजार उद्योगी–व्यवसायी आवद्ध रहेका महासचिव अनिल ज्ञवालीले बताए । सरकारले नागरिकको स्वास्थ्य सुरक्षा र संक्रमितको उपचारका लागि गर्नुपर्ने काम नगरेको तर लकडाउन मात्रै बढाएर अर्थतन्त्र धराशायी बनाएकाले अब गरिने लकडाउन स्वीकार्य नहुने महासचिव ज्ञवालीले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्