Skip to content
LAXMI SUNRISE BANK

बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । भदौ ४ गते अस्पताल भर्ना भएका ती ७८ वर्षीय पुरुषको ९ दिनदेखि भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेकामा आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
संक्रमित पुरुषमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको डा.गौतमले जानकारी दिए । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल मातहत बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या १० जना पुगेको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK