×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेलाई जवाफ दिँदै सिभिल बैंकले भन्यो – ‘हिमालयन बैंकसँग मर्जरको कुनै निर्णय भएको छैन’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार

PRIME CA
laxmi sunrise bank

नेप्सेलाई जवाफ दिँदै सिभिल बैंकले भन्यो – ‘हिमालयन बैंकसँग मर्जरको कुनै निर्णय भएको छैन’

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । सिभिल बैंकले मर्जरकाबारे आएका समाचारहरु हल्ला मात्रै भएको जनाएको छ। बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई लिखित जवाफ दिंदै हिमालयन बैंकसँग मर्जरमा जान लागेको भन्दै हल्ला मात्रै रहेको र मर्जरबारे कुनै निर्णय नभएको स्पष्ट परेको छ ।
हिमालयनसँग मर्जरमा जान लागेको हल्ला चलाएर सेयरको मूल्यमा चलखेल गरेको भन्दै आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिभिल बैंकसँग स्पष्टीकरण सोधेको थियो । नेप्सेले आजको अर्थात् सोमबारको सेयर कारोबार खुल्नु अघिनै लिखित जवाफ पठाउन भनेको थियो । 
यसो त धितोपत्र सूचीकरण निवियमावली अनुसार सेयर मूल्यमा प्रभाव पार्ने कुनै निर्णय वा कारोबार भएमा यसअघि समयमै जानकारी दिने व्यवस्था रहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: