Skip to content
LAXMI SUNRISE BANK

आज मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् प्रमुख एजेन्डा !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज (सोमबार) मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।  बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो । आज बस्ने मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको नियुक्ति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त तोक्नेलगायतका निर्णय गर्ने बुझिएको छ।  
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल आइतबारबाटै सकिएको छ । त्यसैले आज बस्ने मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकको नियुक्ति गर्ने निर्णय गर्ने भएको छ । यस्तै बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने विषयमा पनि निर्णय गर्न सक्ने बताइएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK