
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज (आइतबार) आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । दिउँसो १२ बजे बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण निर्णय लिने बताइएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नीतिगत छलफल गरेसँगै आकस्मिक रुपमा बोलाइएको बैठकलाई चासोको रुपमा हेरिएको छ।
तर शीर्ष नेताहरुबीच कसलाई राख्ने र कसलाई हटाउने भन्नेमा अझै सहमति जुटिसकेको छैन। यसका लागि प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चरण चरणमा छलफल भइरहेको छ ।
प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा तीन विकल्प अगाडि सारेका थिए। पहिलो विकल्प अहिलेका सबै मन्त्रीलाई हटाएर नयाँ व्यक्ति लैजाने। दोस्रो, दुई वर्ष पूरा भएका मन्त्रीलाई बिदाइ गर्ने, नयाँ ल्याउने। तेस्रो अहिले रिक्त रहेका मन्त्रालयमा नयाँलाई लैजाने र केहीकेहीलाई अहिले रहेकालाई झिकेर नयाँ राखेर जाने। तर, कुन मापदण्डअनुसार निर्णय गर्ने भन्ने टुंगो नलागे पनि आजको मन्त्रिपरिषद् बैठकले त्यसबारे निर्णय लिने भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्