×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिंहदरबारबाट औपचारिक रुपमै ‘आउट’ भए डा. युवराज खतिवडा, अब के हुन्छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सिंहदरबारबाट औपचारिक रुपमै ‘आउट’ भए डा. युवराज खतिवडा, अब के हुन्छ ?

१९ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाको अर्थमन्त्रीको कार्यकाल आज सकिँदैछ । खतिवडाले औपचारीक रुपमै सिंहदरबार छोडे पनि अर्थ मन्त्रालयकै जिम्मेवारी सम्हाल्ने गरी बालुवाटारमा इन्ट्री गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई बालुवाटारमा इन्ट्री गराउनको लागि आवश्यक तयारी थालेको बताइएको छ । यसो खतिवडाले पुल्चोकमा रहेको मन्त्री क्वार्टरबाट हिजै सामान आफ्नो निजी निवासमा सारेका थिए । 
खतिवडाले हिजै राजीनामा-पत्र बुझाउन खोजे पनि ओलीले विविध कारण देखाउंदै राजीनामा-पत्र बुझन अस्विकार गरेका थिए । बालुवाटारस्थित स्रोतका अनुसार ओलीले मन्त्रीमण्डल हेरफेर गर्दासमेत अर्थमन्त्रालयको जिम्मेवारीमा कसैलाई नपठाउने तयारी गरेका छन् । 
जससंगै ओलीले अर्थमन्त्रीबाट विदा भएका खतिवडालाई आफ्नो प्रमुख सल्लाहकार नियुक्त गर्नेछन् । अनौपचारिक रुपमा अर्थमन्त्रालयको संचालनको जिम्मेवारी ओलीले आफ्ना सल्लाहकार डा. खतिवडालाई दिने तयारी गरेका छन् । उनलाई प्रमुख आर्थिक सल्लाहकारमा नियुक्ति दिनेबारे निर्णय एक/दुईभित्रै हुनसक्ने बताइएको छ । खतिवडालाई मुख्य सल्लाहकार बनाएपछि हालका सल्लाहकार विष्णु रिमाललाई भने श्रममन्त्री बनाउने सकिने गरी तयारी भइरहेको बताइएको छ ।
यस्ता आज मन्त्रिपरिषदको बैठक पनि बसिरहेको छ । उक्त बैठकमा डा. खतिवडाले अर्थमन्त्री पदबाट राजिनामा दिनेछन् भने बैठकले बामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा सिफारिस गर्नेछ ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: