×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने क्यान महासंघको माग

GLOBAL IME BANK

स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने क्यान महासंघको माग

२४ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेको छ । निषेधाज्ञा र लकडाउनले गर्दा गरिखाने वर्ग अफ्ठ्यारोमा परेको भन्दै महासंघले यस्तो माग गरेको हो । निषेधाज्ञाका कारण आर्थिक गतिविधि सञ्चालन ठप्प रहेका बेला २५ गतेभित्र कर विवरण र भुक्तानी नगर्नेलाई जरिवाना व्यवस्था व्यवहारिक नभएको उनीहरूको दाबी छ । 
‘स्वास्थ्य तथा सुरक्षा मापदण्ड उल्लङ्घन गर्नेलाई कडा कारबाहीको व्यवस्था गरी व्यवसाय सञ्चालनको वातावरण मिलाउन क्यान महासंघ सरकारलगायत सम्पूर्ण सरोकारवालाहरूसँग आग्रह गर्दछ’ महासचिव नारायण थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: