- अर्थ सरोकार सम्बाददाता
काठमाडौं। उपत्यकामा थप ८१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको हो।
देशभर सोमबार १३ सय ५१ जनामा संक्रमण देखिएको छ । हाल नेपालमा संक्रमिको संख्या ७४ हजार ७४५ पुगेको छ ।