×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्यापारीमा कोरोना संक्रमण भएसँगै सुर्खेतको छिन्चु बजार ७ दिनको लागि सिल !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ब्यापारीमा कोरोना संक्रमण भएसँगै सुर्खेतको छिन्चु बजार ७ दिनको लागि सिल !

२३ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सुर्खेत । स्थानीयमा कोरोना संक्रमण देखिएपछि सुर्खेतको छिन्चु बजार सिल गरिएको छ । जिल्लाकै दोस्रो व्यापारिक केन्द्र छिन्चु बजार स्थानीय प्रशासनले मंगलबार राति १२ बजेदेखि भदौ ३० गते राति १२ बजेसम्म (एक साता)का लागि सिल गरेको हो ।
स्थानीय व्यवसायीमा नै कोरोना संक्रमण देखिएपछि जोखिम बढेको हुनाले मंगलबार बसेको सर्वपक्षीय बैठकले एक साताका लागि बजार पूर्णरूपमा सिल गर्ने निर्णय गरेको हो । 
यसअघि  स्थानीय एक व्यापारीका परिवारका पाँचजना सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको थियो । बजार आसपासका औषधि पसलबाहेक बैंक तथा वित्तीय संस्थाहरू समेत बन्द गरिने छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: