×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवनमा कोरोनाको त्रास : चितवनको माडी प्रवेश गर्न पीसीआर रिपोर्ट अनिवार्य

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चितवनमा कोरोनाको त्रास : चितवनको माडी प्रवेश गर्न पीसीआर रिपोर्ट अनिवार्य

१९ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
चितवन । कोरोनाको संक्रमण दिनानुदिन बढ्दै गएपछि चितवनको माडी नगरपालिकाले नगर प्रवेश गर्दा पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य देखाउनु पर्ने भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले नगरपालिकामा कोरोनाको जोखिम समुदायस्तरमा नै देखिन थालेको भन्दैं पिसिआर रिपोर्ट अनिवार्य गर्ने निर्णय गरेको हो ।

जिल्ला सदरमुकाम भरतपुरलगायत अन्य स्थानीय तहबाट प्रवेश गर्नेहरुका लागि पीसीआर रिपोर्ट अनिवार्य गरेको र नेगेटिभ रिपोर्ट नभए प्रवेश गर्न नदिइने नगर प्रमुख ठाकुर प्रसाद ढकालले बताए । नगरपालिकाको यो निर्णय शनिबारबाट लागू गरिने छ । नगरभित्र निषेधाज्ञा केही खुकुलो पार्दै सुरक्षाको मापदण्ड अपनाएर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सम्पूर्ण बजार र पसलहरू खुला गर्ने निर्णय गरिएको ढकालले बताए । माडीमा कोरोना संक्रमितको संङख्या ५२ पुगेको छ भने ४१ जना निको भइसकेका छन । ११ जना आइसोलेसनमा उपचाररत छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: