
- अर्थ सरोकार सम्बाददाता
चितवन । रासायनिक मलमा कालोबजारी गरेको भन्दै चितवनको एक सहकारी संस्थाका चार जनालाई चितवन प्रशासनले १० हजार रुपैयाँका दरले जरिवाना तिराउने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय चितवनले रत्ननगर नगरपालिका–१ बकुलहरमा रहेको निर्मल बहुउद्देश्यीय सहकारी संस्थाले मलमा कालोबजारी गरेको ठहर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले उक्त निर्णय गरेको हो ।
संस्थाका व्यवस्थापक विनोद अधिकारी, सोही संस्थाका खरिद बिक्री उपसमितिका संयोजक रामकृष्ण तिम्सिना र सदस्यहरु निर्मला घिमिरे र मायानाथ अर्यालले मलको कालोबजारी गरेको ठहर गरेको छ । सहकारीले कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा ३ विपरीत कसुर गरेको ठहर स्थानीय प्रशासनको छ ।
त्यसैले सहकारीमा खोलिएको अवस्थामा रहेको एक हजार ५० किलोग्राम र नखोलिएको ३० बोरा युरिया मल जफत गर्ने निर्णयसमेत गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । उनीहरुले प्रति बोरा ९५० किलोको ७ सय ६५ रुपैयाँमाका दरले युरिया मल खरिद गरी १ हजार २ सय ५० रुपैयाँका दरले बिक्री वितरण गरी कालोबजारी गरेको अभियोग प्रमाणित भएको प्रशासनले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्