
- अर्थ सरोकार सम्बाददाता
चितवन । चितवनको चितवन मेडिकल कलेजमा ५८ वर्षीय पुरूषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरूषको अस्पतालमा उपचारको क्रममा गए राति मृत्यु भएको हो ।
कलेजका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनलाई कडा खालको निमोनिया देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । भदौ १४ गते अस्पतालमा उपचारका लागि आएका ती पुरूषमा सोमबार (हिजो) मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।
चितवनमा कोरोनाबाट संक्रमितको मृत्यु हुने संख्या १७ पुगेको छ । मृत्यु हुनेमा चितवनका ९ र मकवानपुरका ४ जना छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्