×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवनका किसानलाई मल नपाइने चिन्ताले सतायो, भन्छन् ‘जोखिमकाबीच पनि मल पाइने आशले लाइनमा बसेका छौं’ (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

चितवनका किसानलाई मल नपाइने चिन्ताले सतायो, भन्छन् ‘जोखिमकाबीच पनि मल पाइने आशले लाइनमा बसेका छौं’ (भिडियो)

Artha Sarokar

२३ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
चितवन । युरिया मलको चरम अभाव हुँदा चितवनका किसानहरु मर्कामा परेका छन । धानवालीमा मल हाल्ने समय हुदाँँ समेत बजारमा मल नपाउँदा किसानहरु मर्कामा परेका हुन । कोरोना भाइरसलाई बेवास्ता गर्दै किसानहरु मल लिन विहानै देखि लाइनमा बस्ने गरेका छन । कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएको चितवनमा किसानहरुलाई आफ्नो स्वास्थ्यको भन्दा मल पाउने नपाउने चिन्ताले सताएको छ । बिहान ४ बजेबाट नै मल लिनका लागि लाइनमा बसेको बताउनुहुने स्थानीय विकास कोइरालाले महामारीको चुनौतीका बावजुद पनि मलका लागि विहानै देखि लाइन बस्नुपरेको बताउनुभयो । 
गत वर्षहरुमा भदौ महिनामा मात्रै १ हजार मेट्रिक टन मल विक्रि भएकोमा यो वर्ष अभावका कारण ४ सय २६ मेट्रिक टन मात्रै विक्रि गर्न सकिएको साल्ट्र ट्रेडिङ कर्पोरेसन लिमिटेड चितवनका प्रमुख बुद्धिविनोेद दहालले बताउनुभयो । अहिले चितवनमा कृषि ज्ञान केन्द्रको सिफारिसमा मल विक्रि भइरहेकोमा यो वर्ष किसानहरुले पर्याप्त मल प्राप्त गर्न नसकेको उहाँले बताउनुभयो । 
चितवनमा कुल मागको ३० प्रतिशत साल्ट्र ट्रेडिङ र ७० प्रतिशत कृषि सामाग्री कम्पनी मार्फत आपूर्ति तथा बिक्री वितरण हुने गरेको छ । साल्ट्र ट्रेडिङले मल ल्याएर बिक्री गरेतापनि कृषि सामाग्रीले मल ल्याएर बिक्री गर्न नसक्दा अभाव भएको हो । मल अभाव चितवनमा मात्रै नभएर देशभरी नै देखिएको छ । कोरोना महामारीको बाहानामा देशभरी मल अभाव हुँदा किसानहरु मर्कामा परेका छन । नेपाल सरकारले बंगलादेशबाट ५० हजार मेट्रिक टन युरिया मल माग गरेको छ । अहिले युरिया मलको हाहाकार भएपछि सरकारले बंगलादेशसँग माग गरेको हो । हेर्नुहोस् भिडियो :

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी