×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवनमा एकैदिन थप ७४ जनामा कोरोना संक्रमण पुष्टी, कुन नगरपालिकामा कति ?

GLOBAL IME BANK

चितवनमा एकैदिन थप ७४ जनामा कोरोना संक्रमण पुष्टी, कुन नगरपालिकामा कति ?

१९ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
चितवन । चितवनमा एकैदिन थप ७४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भरतपुर कोभिड प्रयोगशाला र चितवन मेडिकल कलेज कोभिड प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टी भएको छ ।
भरतपुर कोभिड प्रयोगशालामा थप १७ जना र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ५६ जनामा संक्रमण देखिएको छ । यस्तै राप्ती नगरपालिकाका ९, खैरहनी नगरपालिकाका ४, रत्ननगर नगरपालिकाका ३ र कालिका नगरपालिकाका २ जनामा पनि संक्रमण देखिएको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: