- अर्थ सरोकार सम्बाददाता
चितवन । चितवनमा नेपाल प्रहरीका नायव उपरीक्ष (डीएसपी)सहित ८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको छ । चितवन प्रहरीका प्रवक्तासमेत रहेका डीएसपी सूर्यबहादुर थापासहित ८ जना प्रहरीहरूमा आइतबार साँझ कोरोना संक्रमण पुष्टी भएको हो ।
उनीहरु कोरोना पुष्टीपछी प्रहरी कार्यालयकै आइसोलेसनमा बसेका छन् । कोरोना संक्रमण देखिए पनि स्वास्थ्यमा कुनै समस्या नदेखिएको चितवन प्रहरीले जनाएको छ । चितवनमा कोरोना संक्रमितको संख्या १७ सय नाघेको छ।