- अर्थ सरोकार सम्बाददाता
चितवन । चितवनका थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । चितवनका १९ र बाहिरी जिल्लाका १० जनामा कोरोना संक्रमण देखिएसँगै पछिल्लो चौबीस घण्टामा थप २९ जनामा कोरोना संक्रमण देखिएको हो ।
चितवन मेडिकल कलेज (सीएमसी) ले सार्वजनिक गरेको विवरणअनुसार भरतपुर महानगरपालिकाका १० जना, रत्ननगर नगरपालिकाका ५ , खैरहनी नगरपालिकाका ३ र राप्तीका एकजनामा कोरोना संक्रमण पुष्टी भएको हो । यस्तै नवलपुरका तीन जना, मकवानपुरका दुई जना, कैलालीका दुई जना, रुपन्देहीका दुई जना र महोत्तरीका एक जनामा संक्रमण देखिएको छ ।