- अर्थ सरोकार सम्बाददाता
चितवन । शुक्रबार चितवनमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भरतपुर कोभिड प्रयोगशालामा गरिएको परिक्षणमा चितवन जिल्लाका ३१ जनासहित ३४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
चितवनमा संक्रमण पुष्टी हुनेहरु सबै भरतपुर महानगरपालिकाका छन् । जसमध्ये २६ जना पुरुष र ५ जना महिला रहेका छन् । यस्तै पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१ का २ जना छन् । साथै पर्साको ठोरी–२ की २१ वर्षीया महिलामा पनि कोरोना देखिएको छ । चितवनमा शुक्रबार बिहानसम्म कुल संक्रमितको संख्या ११ सय पुगेको छ ।