×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिया कफी क्षेत्रको विकास गर्ने उद्देश्यसहित चिया तथा कफी विकास बोर्ड र कृषि अनुसन्धान परिषदबीच सम्झौता ! ( भिडियो)

अर्थ सरोकार

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार

PRIME CA

चिया कफी क्षेत्रको विकास गर्ने उद्देश्यसहित चिया तथा कफी विकास बोर्ड र कृषि अनुसन्धान परिषदबीच सम्झौता ! ( भिडियो)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र नेपाल कृषि अनुसन्धान परिषदबीच चिया कफी क्षेत्रको विकासका लागि अध्ययन अनुसन्धान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । चिया कफी क्षेत्र विकासका लागि लागि अधययन, अनुसन्धान र नवप्रवर्तन गरी देशको आर्थिक समृद्धि हासिल गर्ने कार्यमा योगदान पु¥याउने समझदारीपत्रमा हस्ताक्षर भएको हो । 
देशका हावापानी सुहाउँदा चिया तथा कफी उत्पादन तथा प्रशोधन प्रविधिको विकासका लागि अनुसन्धान गर्ने, उच्च गुणस्तर भएको, धेरै उत्पादन दिने र रोगकिरा सहनसक्ने नेपाली चिया कफीको नयाँ जात उन्मोचनका लागि अनुसन्धान गर्ने विषय समझदारीपत्रमा उल्लेख छन । यस्तै चिया तथा कफी विकासमा देखा परेका र भविष्यमा देखा पर्न सक्ने रोग, उत्पादन र उत्पादकत्व लगायत समस्या समाधानका लागि अधययन गर्ने, चिया तथा कफी विकासका लागि आवश्यक पर्ने विभिन्न ज्ञान, अनुभव, अनुसन्धानका लागि उपलब्धि, विधि र प्रविधिको विकास, नवप्रवर्तन जैविक, आनुवंशिक भौतिक रसायनिक भौगोलिक, जलवायु तथा वातावरणीय तथ्याङ्कहरुको डिजिटल डाटाबेस बनाउने र प्रकाशन गर्ने विषयमा पनि समझदारी भएको छ । 
यस्तै जलवायु परिवर्तनले नेपालको चिया तथा कफी उत्पादनमा आएका र आउन सक्ने समस्या र त्यसको न्यूनकिरणक लागि अध्यय गर्ने, अध्ययन, अनुसन्धान, तालिम र दक्ष जनशक्ति उत्पादन तथा उच्च शिक्षा नवप्रवर्तन र क्षमता विकासका कार्यक्रलाई उपयोगी, प्रयोगात्मक बनाउन सहकार्य गर्ने विषयमा समझादारी भएको हो । बार्डका तर्फबाट कार्यकारी निर्देशक डा. विष्णु प्रसाद भट्टराई र परिषदका तर्फबाट कार्यकारी निर्देशक डा. दिपक भण्डारीले हस्ताक्षर गर्नुभएको सम्झौतामा दुबै पक्षले आफ्नो वार्षिक कार्यक्रम मार्फत बजेटको व्यवस्थापन गर्ने गर्ने सहमति पनि भएको छ । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: