×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुद्दति निक्षेपमा साढे ४ अर्ब रुपैयाँ लगानी गर्दै नागरिक लगानी कोष

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मुद्दति निक्षेपमा साढे ४ अर्ब रुपैयाँ लगानी गर्दै नागरिक लगानी कोष

Artha Sarokar

१८ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नागरिक लगानी कोषले मुद्दति निक्षेपमा साढे ४ अर्ब रुपैयाँ राख्नका लागि बैंकसँग प्रस्ताव माग गरेको छ । कोषले ४ अर्ब ४५ करोड ५९ लाख ६० हजार रुपैयाँ निक्षेप राख्नका लागि बिहीबार सार्वजनिक सूचना जारी गरेको हो ।
इच्छुक ‘क’ वर्गका वाणिज्य बैंकहरुले २१ भदौको दिउसो २ बजेसम्म प्रस्ताव पेस गर्न कोषले भनेको छ । बैंकहरुलाई आफूले लिन चाहेको रकम, भुक्तानी गर्ने ब्याजदर र ब्याज भुक्तानी गर्नसक्ने समयावधी उल्लेख गरेर शिलबन्दी प्रस्ताव बुझाउन अनुरोध गरेको छ । उक्त रकम एक वर्षदेखि २ वर्षसम्म राख्न सकिने कोषले जनाएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी