×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रोकिएन सिभिल अस्पतालका स्वास्थ्यकर्मीहरुको आन्दोलन ! (भिडियो रिपोर्ट)

अर्थ सरोकार

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार

PRIME CA

रोकिएन सिभिल अस्पतालका स्वास्थ्यकर्मीहरुको आन्दोलन ! (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । निजामती कर्मचारी अस्पतालका स्वास्थ्यकर्मीहरु सरकारी कर्मचारी सरहको सेवा सुविधा उपलब्ध नभएको भन्दै आन्दोलित भइरहेका छन् । सरकारद्धारा सञ्चालित सरकारकै निकायको रुपमा स्थापित अस्पतालका अधिकांश कर्मचारी करारमा रहेको र सेवा सुविधा पनि लामो समय देखि न्यून रहेको भन्दै स्वास्थ्यकर्मी र कर्मचारीहरुले दैनिक विरोध प्रदर्शन गर्दै आएका छन् । 
निजामति कर्मचारी अस्पताल विकास समितिको अध्यक्ष बहालवाला मुख्यसचिव र सञ्चालकहरुमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सचिव रहने व्यवस्था छ । 
स्वास्थ्यकर्मीहरुले सरकारको उच्च पदस्थ व्यक्तिहरु सञ्चालक रहने अस्पतालका कर्मचारीहरुले सरकारी सेवा सुविधा नपाउने अवस्था रहनु न्यायोचित नभएको बताउँदै आएका छन् । खासमा अस्पतालभित्रको बेथिति के हो भन्ने बारे निजामती कर्मचारी अस्पताल कर्मचारी संघमा अध्यक्ष सन्तोष धिमाललाई हामीले सोधेका छौं । उहाँको भनाई जस्ताको तस्तै ….। हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: