
- अर्थ सरोकार सम्बाददाता
नुवाकोट । नुवाकोट जिल्लामा मापदण्ड विपरित सञ्चालन भइरहेका क्रसर उद्योगहरु बन्द भएका छन् । जिल्ला प्रशासन कार्यालयले मापदण्ड विपरित सञ्चालन भइरहेका क्रसर उद्योगहरु बन्द गराएको हो । सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको नेतृत्वमा गएको टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालित पाँच क्रसर उद्योग बन्द गराएको हो ।
प्रचलित कानूनअनुसार क्रसर उद्योगहरु सञ्चालन भए नभएको अनुगमन गर्नेक्रममा मापदण्ड विपरित सञ्चालन भएको पाइएकोले बन्द गराईएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले बताए । बन्द गराइएको क्रसर उद्योगमा लिखु गापा–४ स्थित क्षेत्रपाल क्रसर उद्योग प्रालि, तादी गापा–१ स्थित सूर्यकुण्ड रोडा ढुङ्गा उद्योग प्रालि, तादी गापा–३ स्थित दुप्चेश्वर रोडा ढुङ्गा क्रसर उद्योग प्रालि, पञ्चकन्या गापा–२ स्थित नेशनल लाइभ एण्ड स्टोन कम्पनी प्रालि र विदुर नपा–५ मा रहेको बर्ड स्टोन क्रसर उद्योग प्रालि रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्