×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मेगा बैंकका पुर्व संचालक पाण्डेलाई कोरोना संक्रमण पुष्टी, गरे यस्तो आग्रह !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । मेगा बैंकका संचालक समितिका एक सदस्यलाई कोरोना संक्रमण पुष्टी भएको छ । बैंकका पुर्व संचालक सिएन पाण्डेलाई कोरोना संक्रमण पुष्टी भएको हो । टूर एन्ड ट्राभल व्यवसायीहरुको छाता संगठन नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) का अध्यक्षसमेत रहेका उनले आफ्नै फेसबुकमार्फत आफुलाई कोरोना संक्रमण पुष्टी भएको जानकारी गराए । उनले आफुसङ्ग सम्पर्कमा रहेकाहरुलाइ पनि सुरक्षित रुपमा क्वारेइन्टिनमा बसी पिसिआर परिक्षण गराउन अनुरोध गरेका छन् । 
‘आदरणीय  शुभचिन्तक एबम आफन्तजन हरु ! विश्वब्यापी फैलिएको कोरोना भाइरसको आज मात्र प्राप्त रिपोर्टमा मलाइ पनि कोरोना सक्रमण पुष्टि भएको छ। बिगत भदौ २८ गतेदेखि स्वास्थ्यमा समस्या देखिएकोले मैले ब्यक्तिगत भेटघाट र ब्यबसायमा संलग्न नभई आफ्नै घरमा सुरक्षित तवरले क्वारेटिनमा बसिरहेको हुनाले सो समय भन्दा पहिले मसङ्ग सम्पर्कमा रहनु हुने साथीभाइ आफन्तजनहरुलाइ सुरक्षित रुपमा क्वारेइन्टिनमा बसी पिसिआर परिक्षण गराउनु हुन अनुरोध गर्दछु । अत निकट भविस्यमा नै यो कोरोनालाई जितेर सामान्य अबस्थामा फर्किने छु र सबैले धैर्यता राख्दै स्वास्थ्य सावधानी अपनाइ बस्नु हुन अनुरोध गर्दछु। मोबाइलमा फोन नगरिदिनु हुन अनुरोध गर्दछु।’ उनले फेसबुकमा लेखेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: