
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा बरामद गरेको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री वितरण गर्ने भएको छ । यही असोज १ गते विभागको बजार अनुगमन टोलीले बल्खु र कालिमाटी तरकारी बजारमा लुकाएर राखेको करिब एक हजार २०० किलो प्याज बरामद गरेको थियो । सोही प्याज खाद्य कम्पनीले बिक्री गर्ने भएको हो ।
काठमाडौँ उपत्यकाका तरकारी बजारमा प्याजमा कालोबजारी भएको भन्दै बजार अनुगमन गर्दा उक्त स्थानमा लुकाएर राखिएको भेटेपछि प्रहरी प्रशासनको सहयोगमा प्याज बरामद गरी पसलका सञ्चालकलाई नियन्त्रणमा लिइएको थियो । बरामद गरिएको प्याज लामो समयसम्म राख्दा कुहिने सम्भावना धेरै भएपछि मङ्गलबार साँझ उद्योग मन्त्रालयमा भएको छलफलले खाद्य कम्पनीलाई बिक्रीको जिम्मा दिने निर्णय गरेको थियो । मन्त्रालयको निर्णयअनुसार विभागले प्याज बिक्रीको जिम्मा कम्पनीलाई दिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्