×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

७ सय ४७ स्थानीय तहमा पुगे वाणिज्य बैंकका शाखा, ६ तहमा कहिले पुग्लान् ?

PRIME CA
GLOBAL IME BANK

७ सय ४७ स्थानीय तहमा पुगे वाणिज्य बैंकका शाखा, ६ तहमा कहिले पुग्लान् ?

१३ आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । हालसम्म ७ सय ४७ स्थानीय तहमा वाणिज्य बैंकहरुले शाखा विस्तार गरेका छन् । कुल ७ सय ५३ स्थानीय तहमध्ये २०७७ साउन मसान्तसम्म ७ सय ४७ स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा विस्तार गरेका हुन् । तर, अझैँ पनि ६ स्थानिय तहहरु बैंकका शाखाविहिन नै छन् ।
२०७६ साउनसम्ममा भने ७ सय ३७ स्थानीय तहमा वाणिज्य बैंकहरुको पहुँच पुगेको थियो । प्रदेश नं २, गण्डकी प्रदेश र प्रदेश नं ५ का सबै स्थानीय तहमा भने वाणिज्य बैंकहरुले शाखा विस्तार गरिसकेका छन् । यस्तै वागमती प्रदेश र सुदुरपश्चिम प्रदेशका २/२, प्रदेश नं १ र कर्णाली प्रदेशका १/१ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छैनन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: