×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काँकडभिट्टा इनरुवा रेलमार्गको भ्रष्टाचार रोक्न माग गर्दै माइतीघरमा विरोध प्रदर्शन ! (भिडियो रिपोर्ट)

PRIME CA

काँकडभिट्टा इनरुवा रेलमार्गको भ्रष्टाचार रोक्न माग गर्दै माइतीघरमा विरोध प्रदर्शन ! (भिडियो रिपोर्ट)

२१ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काँकडभिट्टा । काँकडभिट्टा इनरुवा रेलमार्ग ठेक्का प्रकृयाको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसले विरोध प्रदर्शन गरेको छ। ठेक्का प्रकृयाको विरोध गरिरहेको कांग्रेसको भातृ संगठनका नेताहरुले आज माइतीघरमा प्रदर्शन गरेका हुन । ठेक्का प्रकृयाको छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने माग गर्दै भातृ संगठनका नेताहरुले मौन विरोध प्रदर्शन गरेका हुन । महामारीको समयमा जनता कोरोनाबाट प्रभावित भइरहेको बेला सरकारले मिलेमलोमा ठेक्का दिएको उनीहरुको आरोप छ । 
अहिले उपत्यकामा निषेधाज्ञा जारी छ । संक्रमण्को जोखिम दिनदिनै बढ्दै गएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञाकै बीचमा कांग्रेसको भातृ संगठनका नेताहरु प्रर्दनमा उत्रिएका हुन । १२ जनामात्रै सहभागि भएर सामाजिक दुरी कायम गरी प्रदर्शन गरिएको उनीहरुले बताएका छन । रेलमार्गको ठेक्कापट्टा रोकेर छानविन गर्न लेखा समिति, विकास समिति र अख्यिार दुरुपयोग अनुसन्धान आयोगलाई उनीहरुले आग्रह गरेका हुन । प्रदर्शनकै क्रममा प्रहरी आइपुगेपछि उनीहरु तितरवितर भएका थिए । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: