Skip to content
LAXMI SUNRISE BANK

कोरोना संक्रमणबाट नेपाली सेनामा कार्यरत एक जनाको मृत्यु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कोरोना संक्रमणबाट नेपाली सेनामा कार्यरत एक जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यकामा कार्यरत रामेछापका ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको हो । 
लामो समयदेखि ब्‍लड क्यान्सरका बिरामीसमेत रहेका ती जवानको भदौ २९ गते मृत्यु भएको थियो । उनको मृत्युपछि असोज १ गते कोरोना पोजेटिभ भएको देखिएको थियो । यसअघि अहिलेसम्म कुनै पनि सुरक्षा निकायका कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु भएको थिएन । हालसम्म नेपाली सेनामा कोरोना संक्रमितको संख्या २ हजार ५६ जना पुगेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK