×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वभर कोरोना संक्रमितको संख्या साढे दुई करोड नाघ्यो, ज्यान गुमाउनेको संख्या कति ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

विश्वभर कोरोना संक्रमितको संख्या साढे दुई करोड नाघ्यो, ज्यान गुमाउनेको संख्या कति ?

१७ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विश्वभर दिनप्रतिदिन कोरोना संक्रमित बढ्दै गइरहेको छ । विश्वमा अहिलेसम्म कोरोना संक्रमण हुने संक्रमितको संख्या साढे दुई करोड नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ६७ हजार भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ८ लाख ६१ हजार २७४ पुगेको छ । हालसम्म १ करोड ८१ लाख ९६ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् ।
पछिल्लो तथ्याङ्क अनुसार भारत, अमेरिका, ब्राजिल, क्यानाडा लगायतका देशहरुमा कोरोना भाइरसको महामारीको प्रकोप फैलिने क्रममा छ । अमेरिका र भारतमा दैनिक ६० हजार भन्दा बढि र ब्राजिलमा दैनिक ३० देखि ५० हजारको हाराहारीमा नयाँ कोरोना संक्रमित फेला पर्ने गरेका छन् । 
अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६२ लाख ५७ हजार ५७१ पुगेको छ । त्यहाँ हालसम्म १ लाख ८८ हजार ९०० हजार जनाको मृत्यु भएको छ । 
ब्राजिलमा हालसम्म ३९ लाख ५२ हजार ७९० जना संक्रमित हुँदा १ लाख २२ हजार ६८१ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म ३७ लाख ६९ हजार ५२३ संक्रमित हुँदा ६६ हजार ४६० जनाको मृत्यु भएको छ । हिजो ७८ हजार संक्रमित भेटिएका थिए भने एक हजार २५ जनाको मृत्यु भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: