×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इलाका प्रहरी कार्यालय बुटवलका ११ प्रहरीमा कोरोना संक्रमण पुष्टी, आइसोलेसनमा उपचार हुँदै

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

इलाका प्रहरी कार्यालय बुटवलका ११ प्रहरीमा कोरोना संक्रमण पुष्टी, आइसोलेसनमा उपचार हुँदै

१६ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
तिलोत्तमा । इलाका प्रहरी कार्यालय बुटवलका ११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको छ । अघिल्लो हप्ता १३ थुनुवामा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा प्रहरीको पीसीआर परीक्षण भएको थियो । स्वाब संकलन गरेर पठाइएकामध्ये सोमबार अबेरगरी १९ जनाको रिपोर्ट आएको र त्यसमध्ये ११ जनाको रिपोर्ट पोजिटिभ देखिएको र अन्य ५ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी खड्कबहादुर खत्रीले बताए ।
‘संक्रमित प्रहरीलाई बुटवल उपमहानगरको कोरिया नेपाल इन्स्टिच्युटको आइसोलेसनमा राखिनेछ,’ उनले भने, अन्यको चेकलाई पनि तीव्र पारिनेछ ।’ इलाका प्रहरी कार्यालय बुटवलका ४ प्रहरीमा यसअघि नै संक्रमण पुष्टि भइसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: