
- अर्थ सरोकार सम्बाददाता
धरान । धरानमा थप २१ जनालाई कोरोना संक्रमण देखिएको छ । इलाका प्रहरी कार्यालय धरानका चार प्रहरी, पाँच थुनुवा र अन्य विभिन्न वडाका बासिन्दालाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव निरीक्षक, तीनजना प्रहरी जवान र पाँचजना थुनुवालाई लाई कोरोना पुष्टि भएको डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए । उनका अनुसार लागुऔषध मुद्धामा पक्राउ परेका २४,२९,३४ र जबरजस्ती करणी मुद्धामा पक्राउ परेका ४६ र ३५ वर्षका थुनुवामा पनि कोरोना पुष्टी भएको छ ।
यस्तै धरान १५ का ४३ वर्षीय पुरुष, धरान ४ का ३० वर्षीय पुरुष, धरान ११ की ४४ वर्षीया महिला, धरान ६ की २७ वर्षीय महिलामा पनि कोरोना पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थय शाखा प्रमुख उमेश मेहताले बताए । धरान १३ का ४३वर्षीय पुरुष, धरान १९ का २९ वर्षीय पुरुष र उनकी २४ वर्षीय श्रीमतीलाई पनि कोरोना पुष्टि भएको मेहताले बताए । धरानमा हालसम्म कोरोना संक्रमितको संख्या ३ सय ११ पुगेको पनि स्वास्थ्य शाखा प्रमुख मेहताले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्