×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नारायणी अस्पतालमा गरिएको परीक्षणमा २९ जनामा कोरोना संक्रमण पुष्टी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नारायणी अस्पतालमा गरिएको परीक्षणमा २९ जनामा कोरोना संक्रमण पुष्टी

Artha Sarokar

२३ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पर्साका १३ जना, बाराका ९ र रौतहटका ७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । १९ देखि ६० वर्ष उमेर समूहका संक्रमितमध्ये ८ जना महिला रहेको नारायणी अस्पतालका प्रवक्ता बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए । ५ सय ८० वटा स्वाब नमुना परीक्षण गर्दा २९ जनामा संक्रमण देखिएको हो ।
वीरगन्ज महानगरपालिकाको विभिन्न वडामा ८ जना संक्रमित थपिएका छन् । महानगरको वडा १०, १२, १३ र १६ मा एकरएक जनामा कोरोना पोजिटिभ देखिएको हो । वीरगन्जका चार जना संक्रमितको वडा खुलेको छैन ।पर्साको कालिकामाई गाउँपालिका– १ र वडा ५ मा एकरएक जनामा संक्रमण पुष्टी  भएको छ । सखुवाप्रसौनी गाउँपालिका– २ मा दुई जना संक्रमित थपिएका छन् । वीरगन्जको आर्मी ब्यारेकमा थप एक जनामा कोरोना पोजिटिभ देखिएको छ । विभिन्न जिल्लाका वीरगन्ज हेल्थ केयर अस्पतालमा रहेका ३ जनामा कोरोना पुष्टी  भएको छ ।
त्यस्तै बाराको कलैया उपमहानगरपालिका–७ र वडा १६ मा एकरएक जना संक्रमित थपिएका छन् । बारागढी गाउँपालिकामा– ४ जना र इलाका प्रहरी कार्यालय बारागढीमा एक जनामा कोरोना पुष्टि भएको छ । स्वर्ण गाउँपालिकामा समेत एक जनामा कोरोना देखिएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी