×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एकै दिन ३ लाख ७ हजार बढीमा कोरोना संक्रमण, संक्रमितको संख्या कति पुग्यो ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एकै दिन ३ लाख ७ हजार बढीमा कोरोना संक्रमण, संक्रमितको संख्या कति पुग्यो ?

२९ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर कोरोनाका ३ लाख सात हजारबढी संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा विश्वभर तीन लाख सात हजार ९३० नयाँ संक्रमित थपिएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ । यो संख्या एकैदिनमा थपिएको अहिलेसम्मकै सबैभन्दा बढी हो । 
पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरसको कारण पाँच हजार पाँच सयभन्दा धेरैको मृत्यु भएको छ । यससँगै विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या नौ लाख १७ हजार ४१७ पुगेको छ ।डब्ल्यूएचओको अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै नयाँ संक्रमित भारत, अमेरिका र ब्राजिलबाट थपिएका छन् । विश्वभर कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या दुई करोड ८० लाख नाघिसकेको छ । जसमध्ये आधा संक्रमित उत्तर र दक्षिण अमेरिकामा फेला परेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: