
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । केन्द्रीय कारागारका ४ जना कैदीबन्दीमा मृत्युपछि कोरोना भाईरस संक्रमण देखिएको छ । वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका थप चारजना कैदीबन्दीमा कोरोना पुष्टी भएको हो । संक्रमण पुष्टि हुनेहरुमा सिराहाका ६४ वर्षीय पुरुष, बझाङका ६० वर्षीय पुरुष, पाल्पाका ५८ वर्षीय पुरुष र दोलखाका ६९ वर्षीय पुरुष छन् । उनीहरुको वीर अस्पतालमा मृत्यु भएको थियो । ३ जना कैदीको भदौ १६ मा र दोलखा घर भएका १ कैदीको भदौ १९ मा मृत्यु भएको थियो ।
संक्रमितमध्ये केही कैदीलाई किर्तिपुरस्थित आयुर्वेदिक अस्पतालको आइसोलनमा र केहीलाई केन्द्रीय कारागारभित्रको अस्पतालमा आईसोलेशनमा राखेर उपचार गरिएको जेलर बाँस्कोटाले बताए थियो । कोरोना संक्रमणबाट मृत्यु हुने कैदीबन्दीको संख्या ५ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्