
- अर्थ सरोकार सम्बाददाता
ओखलढुंगा । ओखलढुंगामा थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लामा हेल्थडेस्कमा खटिएकी एक स्वास्थ्यकर्मी महिला र चारजना प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको हो । एक सय आठजनाको स्वाब परीक्षणका लागि पठाइएकामा बुधबार आएको रिपोर्टमा पाँचजनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले जानकारी दिए ।
संक्रमित चारजना प्रहरीमध्ये एकजना विराटनगरबाट केही दिनअघि सरुवा भएर आएका थिए । अन्य तीनजना मानेभञ्ज्याङ प्रहरी चौकीमा कार्यरत थिए । कोरोना संक्रमण रोक्न नाकामा खटिएका स्वास्थ्यकर्मी र प्रहरीमा कोरोना संक्रमण देखिएपछि मानेभञ्ज्याङ क्षेत्रमा त्रास फैलिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्