×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रथ तान्ने क्रममा ट्राफिक प्रहरीलाई कुट्‌ने थप ५ जनालाई कोरोना संक्रमण

GLOBAL IME BANK
SHREE KESH

रथ तान्ने क्रममा ट्राफिक प्रहरीलाई कुट्‌ने थप ५ जनालाई कोरोना संक्रमण

२२ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
ललितपुर । रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीमाथि आक्रमण गरेको अभियोगमा पक्राउ परेकामध्ये थप ५ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ । कुटपीटको आरोपमा पक्राउ परेकामध्ये एक जनालाई शनिबार नै कोरोना संक्रमण देखिएको थियो । योसँगै एउटै अभियोगका ६ जना थुनुवामा कोरोना पुष्टी  भएको छ । ललितपुर प्रहरीका एक अधिकृतका अनुसार हाल पक्राउ परेका व्यक्तिलाई पिसीआर परीक्षण गर्नुअघि क्वारेन्टिनमा राखिएको थियो ।
घटनापछि प्रशासन र स्थानीयबीच भएको छलफलले सामाजिक दूरी र स्वास्थ्य सावधानी अपनाएर आइतबार रथ तान्ने निर्णय गरेको थियो । पक्राउ परेका व्यक्तिमाथि अनुसन्धानका लागि प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि अदालतबाट ७ दिन म्याद लिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: