×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवनमा थप ५४ जना कोरोना संक्रमित थपिए, शुक्रबार मात्रै थपिने संक्रमितको संख्या कति ?

GLOBAL IME BANK

चितवनमा थप ५४ जना कोरोना संक्रमित थपिए, शुक्रबार मात्रै थपिने संक्रमितको संख्या कति ?

२६ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
चितवन । चितवनमा शुक्रबार थप ५४ जना कोरोना संक्रमित थपिएका छन् । चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ४० सहित ५४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
यसअघि शुक्रबार बिहानमात्रै भरतपुर अस्पतालको कोभिड-१९ परीक्षण प्रयोगशालाले उपलब्ध गराएको विवरणमा चितवनका ३१ सहित ३४ जनामा कोरोना पोजेटिभ देखिएको थियो । शुक्रबार एकैदिन चितवनका ७१ जना कोरोना संक्रमण पुष्टि भएको हो । चितवन मेडिकल कलेजको प्रयोगशालामा भएको परीक्षणमा संक्रमित पुष्टि भएकाहरू १३ देखि ७८ वर्ष सम्मका छन् । संक्रमित अन्य नवलपुर, बारा, रुपन्देही, तनहुँ, मकवानपुर र गोरखा जिल्लाका रहेका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: