
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार शुक्रबार बिहानसम्ममा विश्वभर ३ करोड ७१ लाख ३१४ संक्रमित भेटिएका हुन् । यस्तै ९ लाख ४४ हजार ८८७ ले ज्यान गुमाइसकेका छन् । गत डिसेम्बरदेखि फैलिएको कोरोना संक्रमितको संख्या अमेरिकामा सबभन्दा बढी रहेको छ। हालसम्म अमेरिकामा ६६ लाख ७४ हजार बढी संक्रमित भइसकेका छन् । संक्रमितमध्ये १ लाख ९७ हजार ६३३ को मृत्यु भइसकेको छ। त्यस्तै २५ लाख ४० हजार ३३४ संक्रमणमुक्त भइसकेका छन्।
अमेरिकापछि भारतमा कोरोना संक्रमितको संख्या सबभन्दा बढी रहेको छ। पछिल्लो समय धेरै संख्यामा संक्रमित भेटिएको भारतमा हालसम्म ५१ लाख १८ हजार २५३ संक्रमित भेटिएका छन्। बिहीबार मात्र ९६ हजार ७९३ थप संक्रमित भेटिएका थिए। त्यस्तै १ हजार १७४ को ज्यान गएको थियो। यससँगै भारतमा ज्यान गुमाउनेको संख्या ८३ हजार १९८ पुगिसकेको छ।
त्यसैगरी संक्रमित संख्याको आधारमा सबभन्दा बढी आक्रान्त मुलुकको तेस्रो स्थानमा रहेको ब्राजिलमा बिहीबार ३५ हजार ७५७ नयाँ संक्रमित भेटिएका थिए। त्यस्तै ८५७ को मृत्यु भएको थियो। यससँगै ब्राजिलमा संक्रमितको संख्या ४४ लाख ५५ हजार ३८६ पुगेको छ भने १ लाख ३४ हजार ९३५ ले ज्यान गुमाइसकेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्