×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या कति पुग्यो ?

PRIME CA
GLOBAL IME BANK

गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या कति पुग्यो ?

२५ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
स्याङ्जा । गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्यकर्मी, प्रहरी र जनप्रतिनिधिसहित ४९ जना कोरोना संक्रमण पुष्टी भएको हो ।  पोखरा महानगरपालिकामा १९ जना, स्याङ्जामा १२ जना, बाग्लुङका नौ जना, तनहुँमा तीन जना, नवलपरासी सुस्ता पूर्वमा पाँच जना र पर्वतमा एक जना थपिएका छन् । पोखरामा सङ्क्रमण पुष्टि भएकामध्ये एक जना पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत नर्स र पर्वतमा प्रहरीमा कार्यरत रहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर विनोदबिन्दु शर्माले जानकारी दिनुभयो । 
यसैगरी स्याङ्जाका सङ्क्रमितमध्ये ४ जना जिल्ला मालपोत कार्यालयका कर्मचारी र एक जना वडा सचिव रहेको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयो ।  योसँगै बिहीबार बिहानसम्म गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या दुई हजार सात सय २८ जना पुगेको छ । यस्तै पाल्पामा एकैदिन ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: