- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । जीरे खुर्सानीका कलाकार ‘भोक लाग्यो’ अर्थात् देवीराम पराजुलीलाई कोरोना संक्रमण भएको छ । पराजुलीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन् ।
उनले फेसबुकमा तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘कोरोनाले माया गर्दा र छोड्दै गर्दा फरक अनुभव हुँदो रहेछ ।’ उनले आफूलाई राम्रो भइरहेको समेत जानकारी गराएका छन् । पराजुलीले थुप्रै टेलिसियल तथ फिल्ममा अभिनय गरेका छन् । पराजुलीको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।