×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना पुष्टी, संक्रमितको संख्या कति पुग्यो ?

GLOBAL IME BANK

गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना पुष्टी, संक्रमितको संख्या कति पुग्यो ?

३१ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा  । गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना पुष्टी भएको छ । थपिनेमा एक पत्रकार र दुई पर्यटक प्रहरी रहेका प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार स्याङ्जाको पुतलीबजार नगरपालिका– १३ घर भई हाल पोखरा महानगरपालिका–४ गैहपाटन बस्ने ३८ वर्षीय पुरुष सञ्चारकर्मीलाई सङ्क्रमण पुष्टी भएको हो । 
त्यसैगरी पोखरा–६ मा दुई पर्यटक प्रहरीसमेत सङ्क्रमित भएका छन् भने तनहुँ र नवलपरासीमा एक-एक जना थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार १७१ जना पुगेको निर्देशनालयले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: