×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो, मृत्यु हुनेको संख्या कति ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो, मृत्यु हुनेको संख्या कति ?

३१ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ९० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै संक्रमितको संख्या ५० लाख नाघेको हो । मंगलबार साँझसम्मको तंथ्याकअनुसार भारतमा कोरोना संक्रमित हुनेको संख्या ५० लाख २० हजार ३ सय ५९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक हजार २ सय ९० जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८२ हजार ६६पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा थप ८२ हजार सय ६१ जना संक्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म ३९ लाख ४२ हजार ३ सय ६० जना निको भएका छन् भने करिब ९ लाख ९५ हजार संक्रिय केस रहेका छन् । भारत कोरोना संक्रमणका हिसाबले विश्वमै दोस्रो प्रभावित मुलुक हो । कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा बुधबार बिहानसम्म ६६ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: