×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कोरोना बीमा पोलिसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर, कस-कसलाई बनाईयो विपक्षी ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना बीमा पोलिसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ । सोमबार अधिवक्ता भाइराजा राई र दावा तामाङले संयुक्त रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय र बीमा समितिलाई विपक्षी बनाउँदै कोरोना बीमा पोलिसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।  
बीमा समितिले जारी गरेको कोरोना बीमासम्बन्धी मापदण्डमा उल्लेखित प्रावधानका बुँदाप्रति असहमति जनाउँदै खारेज गर्न दायर गरेको रिटमा उल्लेख छ । मापदण्डमा सरकारी कर्मचारीहरुको कोरोना बीमाको आधा रकम सरकारले नै व्यहोरिदिने, बीमाको दायित्व पनि सरकारकै हुने र कोरोना लागेकाहरुको उपचार पनि सरकारले नै निःशुल्क रुपमा गर्ने व्यवस्था भएकोले यसले राज्यकोषलाई ठूलो हानी गर्ने भएकोले यसलाई सच्याउन पनि अधिवक्ताद्वय राई र तामाङले दायर गरेको रिट निवेदनमा उल्लेख छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: