
- अर्थ सरोकार सम्बाददाता
नेपालगञ्ज। मंगलबार बाँकेबाट विभिन्न बैंकका कर्मचारीसहित ४२ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठका अनुसार मंगलबार एनआइसी एसिया बैंक, नबिल र माछापुच्छ्रे बैंकका कर्मचारीसहित स्वास्थ्यकर्मी र संचारकर्मीसहित ४२ जनाले कोरोनालाई जितेका छन् ।
‘हामी थप बलियो भएर फर्केका छौँ । हाम्रो अनुभव धेरैलाई काम लाग्छ भन्ने विश्वास लिएका छौं ।’ निको भएर घर फर्किएका एक बैंकर भन्छन्, ‘आइसोलेसनको बसाइ नमज्जा भएन । यो कोरोना भन्ने चीज सामान्य पनि होइन रहेछ, खासै ठुलो पनि होइन रहेछ भन्ने निष्कर्षमा पुगेका छौं । अवको केहि दिनमा बैंकमा गएर काम गर्नेछु । बैंकमा गएर कहिले काम गरौँ जस्तो भएको छ।’
पछिल्लो समय थुप्रै बैंकका कर्मचारीहरु कोरोना संक्रमणको सिकार बनेका छन् । नेपालगञ्जमा पनि ठुलो संख्यामा बैंकरहरु कोरोना संक्रमणको सिकार भएका थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्