×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार कैलाली र कञ्चनपुरका थप ७४ जनामा कोरोना पुष्टि, कहाँ कति संक्रमित थपिए ? (विवरणसहित)

GLOBAL IME BANK

सोमबार कैलाली र कञ्चनपुरका थप ७४ जनामा कोरोना पुष्टि, कहाँ कति संक्रमित थपिए ? (विवरणसहित)

२२ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
धनगढी । सोमवार कैलाली र कञ्चनपुरका थप ७४ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणका कञ्चनपुरका ३ सहित कैलालीका ७१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा चार सय ४५ जनाको कोरोना परीक्षण भएकोमा थप ७४ जनामा संक्रमण पोजेटिभ देखिएको अस्पताललको जनाएको छ । 
अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीको लम्की चुहा नगरपालिकाका मात्रै ६३ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरु सबै पुरुष रहेका छन् । त्यस्तै धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का चार जना, वडा नम्वर २ का दुई जना, वडा नम्वर १३ का एक जना र घोडाघोडी नगरपालिकाका एक जनामा संक्रमण पुटि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो । 
कञ्चनपुरमा संक्रमण पुष्टि भएका तीनजना भने भीमदत्त नगरपालिकाका रहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: