×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओखलढुंगामा थप ६ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या कति पुग्यो ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ओखलढुंगामा थप ६ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या कति पुग्यो ?

८ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
ओखलढुंगा । ओखलढुंगामा थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाका ३१ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणमा पठाइएका मध्ये बिहीबार ६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यसअघि जिल्लामा कोरोना पोजेटिभ देखिएका जनप्रतिनिधि, पत्रकार सहित उनीहरुको सम्पर्कमा आएका ३० जना ब्यक्तिसहित अन्य ३१ जनाको थ्रोट स्वाब परीक्षणमा पठइएकोमा नयाँ ६ जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए ।
नयाँ कोरोना संक्रमित देखिएकामध्ये धनुसा तथा महोत्तरीबाट आएका केही प्रहरी र केही सर्वसाधारण रहेका छन् । जिल्लामा बिहीबार सम्ममा कोरोना संक्रमितको संख्या ६५ पुगेको छ । यी मध्ये ५४ जना विभिन्न समयमा उपचारपछि डिस्चार्ज भएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: