- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चोरी अभियोगमा पक्राउ गरेका ५ जना अभियुक्तलाई कोरोना संक्रमण पुष्टी भएको छ । महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेका ५ जना अभियुक्तलाई म्याद थप गर्नुअघि गरिएको पिसीआर जाँचमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरुलाई अहिले नेपाल मेडिकल कलेजको आइसोलसनमा राखिएको छ । उनीहरुमाथि १३ लाख ५० हजार रुपैयाँ चोरी गरेको अभियोग छ । प्रहरीले उनीहरुका साथबाट ८ लाख ७ हजार ५ सय रुपैयाँ पनि बरामद गरेको छ । साथै, अढाइ लाख रुपैयाँ मूल्यांकन गरिएको मोटरसाइकल पनि बरामद भएको छ ।