×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमित नेपाल प्रहरीको संख्या २ हजार बढी, कुन प्रदेशमा कति संक्रमित ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कोरोना संक्रमित नेपाल प्रहरीको संख्या २ हजार बढी, कुन प्रदेशमा कति संक्रमित ?

१९ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोनाबाट संक्रमित हुने नेपाल प्रहरीका कर्मचारीको संख्या २ हजार नाघेको छ । देशभर गरी २ हजार ३२ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सबैभन्दा बढी काठमाडौं उपत्यकामा ६ सय १३ जना प्रहरी कर्मचारीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । काठमाडौं उपत्यका पछि सबैभन्दा बढी प्रदेश १ मा २ सय २ जना प्रहरी कर्मचारीमा संक्रमण देखिएको छ ।
 यस्तै, प्रदेश २ मा १ सय १४ र काठमाडौं उपत्यका बाहेक बागमती प्रदेशमा ५५ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको  छ । यस्तै, गण्डकी प्रदेशमा ८०, प्रदेश ५ मा ९३ जना , कर्णाली प्रदेशमा ४० जना  र सुदूरपश्चिम प्रदेशमा १५ जना प्रहरी कर्मचारीमा कोरोनाको संक्रमण पुष्टी भएको छ । कोरोना भाइरसको संक्रमण देखिएका प्रहरी कर्मचारीमध्ये ८ सय २० जना संक्रमण मुक्त भइसकेका छन् । अझै १ हजार २ सय १२ जना सक्रिय संक्रमित छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: