
- अर्थ सरोकार सम्बाददाता
चितवन । कोरोनाको उपचारमा रहेका व्यक्तिहरुका लागि चितवनमा पनि प्लाज्मा थेरापी सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटीको भरतपुरमा रहेको क्षेत्रीय रक्तसञ्चार केन्द्र (ब्लड बैंक)ले बिहीबार नै प्लाज्मा संकलन सुरु गरेको थियो । ब्लडबैंकमा संकलन भएको प्लाज्मा संक्रमितको उपचारमा प्रयोग भइसकेको छ । चितवन मेडिकल कलेजको शिक्षण अस्पतालका दुई जना संक्रमितले प्लाज्मा पाएका छन् ।
राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) तय गरेको मापदण्डअनुसार प्लाज्मा थेरापी विधिबाट अनुसन्धनात्मक उपचार सुरु गरिएको हो । चितवन मेडिकल कलेजले निकालेको सूचनामा संक्रमण पुष्टि भएकी मकवानपुर हेटौंडा–११ की ५२ वर्षीया महिलालाई प्लाज्मा थेरापी दिन सुरु गरेको उल्लेख छ । चितवनमै पहिलो पटक ती महिलाबाट प्लाज्मा थेरापी सुरु भए पनि अस्पतालले अन्य एक व्यक्तिलाई पनि यो सेवा दिएको अस्पतालका सञ्चालक डा.हरिस न्यौपानेले बताएका छन् । चितवनमा संक्रमितको संख्या नौ सय नाघेको छ भने निको हने १५६ जना मात्रै छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्